Menu

आजको मौसम

रेलवे संग्रहालय स्थापनाको तयारी

Author
ईक्रान्तिखबर डेस्क |
January 22, 2026 0
Featured

वीरगंज, ८ माघ । वीरगंजस्थित बिपी उद्यान नजीकै रहेको रेलवे जग्गामा जनकपुरबाट पुरानो रेल ल्याई रेलवे संग्रहालय स्थापनाको तयारी भएको छ ।

आज नगरप्रमुख राजेशमान सिंह लगायतको टोलीले स्थलगत निरीक्षण गर्दै ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटकीय विकासको उद्देश्यसहित अघि बढाइएको योजनाबारे सरोकारवालाहरूबीच छलफल भएको हो ।

नगरप्रमुख सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगंजको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवद्र्धन हुने र नयाँ पुस्ताले रेल्वे इतिहासवारे जानकारी पाउने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले योजना महानगरको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग पनि मेल खाने बताउनुभयो ।

महानगरपालिकाका हरियाली संयोजक एवं सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्तालगायतले स्थलगत निरीक्षणका क्रममा उक्त स्थानको अवस्था, पूर्वाधार सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रियावारे विस्तृत रूपमा छलफल गरिएको छ । जनकपुरबाट ऐतिहासिक महŒव बोकेको रेल ल्याई संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

निरीक्षण टोलीले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने र संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3