पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -३२ चोर्नि टोलमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ।
कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू बेरोजगार रहेको र रोजगारीको लागी पलायन हुनु परेको अवस्थाले चिन्ता व्यक्त गरे। आफु निर्वचित भए यस क्षेत्रका एकजना युवा पनि बेरोजगार नरहने र स्वरोजगारको लागी विशेष पहल गर्ने प्रतिबद्धता गरे। निकास र बिकासको लागी जनमत पार्टी र हर्न छाप एकमात्र विकल्प रहेको हुँदा सबै मतदाताहरु जनमत पार्टीमा गोलबन्द हुन उम्मेदवार सरार्फले आग्रह गरे।
कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा,भुपेन्द्र साह, सिए देवराज, डा.मनोज कुमार ,दिनानाथ साह, सहनवाज राकि,सत्ययुग साह,नरेश राम,सिकेश महतो ,निराजन कुशवाहा,शिव यादव ,स्थानीय युवाहरु दिलिप पासवान, दिनेश हजरा, सरोज पटेल लगायतको सयौंको सहभागीता रहेको थियो।

प्रतिक्रिया