Menu

आजको मौसम

पर्सा–२ मा कांग्रेस पक्ष बलियो, राजेश्वर साहले उम्मेदवारी फिर्ता

Author
Bhagwan kurmi |
January 23, 2026
Featured


पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीकरणमा फेरबदल आएको छ ।

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका राजेश्वर साहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालयका अनुसार साहले उम्मेदवारी फिर्ता लिने तोकिएको समयसीमाभित्र निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यले कानुनी प्रक्रिया पूरा भइसकेको पुष्टि गरेका छन् ।

अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

साथै, आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक भएको खुलासा गर्दै आन्तरिक समन्वयको अभावमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

अब भने उनले कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने घोषणा गरेका छन् ।

राजेश्वर साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3