Menu

आजको मौसम

अब भाषण होइन परिणाम—पकहाँमैनपुरबाट रूपेश पाण्डेको कडा हुंकार

Author
Bhagwan kurmi |
January 31, 2026
Featured


वीरगञ्ज-
पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। साथै, पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश लगायत जिल्लास्तरका नेतृत्वको सहभागिताले भेलालाई थप प्रभावशाली बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ का परिवर्तनका सम्भावकको रूपमा स्थापित युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकास नै आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारेका हुन। उनले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल, सामाजिक रूपमा समावेशी तथा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारसहित समृद्ध बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।


“पर्सा–३ अब पछाडि फर्कनु हुँदैन, यो क्षेत्रको भविष्य समृद्धि, रोजगारी र सुशासनसँग जोडिएको छ,” भन्दै पाण्डेले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले युवाको ऊर्जा, किसानको पसिना र आम नागरिकको चाहनालाई नीतिगत रूपमा कार्यान्वयन गर्ने स्पष्ट भिजन प्रस्तुत गरे।

भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्र पर्सा–३ मा दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै रूपेश पाण्डेको उम्मेदवारीलाई ऐतिहासिक अवसरको रूपमा चित्रण गरे। कार्यक्रमले स्थानीय तहमा एमालेप्रतिको उत्साह र जनसमर्थन झनै मजबुत हुँदै गएको संकेत गरेको छ।

पकहाँमैनपुरमा सम्पन्न यस भेलाले पर्सा–३ मा नेकपा एमालेको संगठनात्मक आधार सुदृढ हुँदै गएको र आगामी निर्वाचनमा परिवर्तनको लहर अझ बलियो बन्ने स्पष्ट सन्देश दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3