Menu

आजको मौसम

पर्सा–३ मा एमालेको दाबी बलियो, रूपेश पाण्डेप्रति मतदाताको आकर्षण

Author
Bhagwan kurmi |
January 23, 2026
Featured


पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवा नेता रूपेश पाण्डेले चुनावी भेटघाटलाई तीव्र बनाएका छन। उम्मेदवारी दर्तापछि पाण्डे मतदाताको घरदैलोसम्म पुगेर प्रत्यक्ष संवाद गर्दै चुनावी प्रचार–प्रसारमा सक्रिय देखिएका छन।

स्थानीय विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउँदै मैदानमा उत्रिएका पाण्डेले जनताको समस्या सुन्ने र समाधानका ठोस योजना प्रस्तुत गर्ने शैलीका कारण जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन। व्यवसायिक अनुभव र संगठनात्मक क्षमताले पाण्डेलाई व्यवहारिक तथा परिणाममुखी नेताका रूपमा स्थापित गराउँदै लगेको देखिएको छ ।

पर्सा–३ मा यसपटक कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रमाकान्त चौरसिया तथा राप्रपाबाट नवीनकुमार सिंह उम्मेदवार रहे पनि एमाले उम्मेदवार पाण्डेप्रति युवापुस्तादेखि विभिन्न वर्गको आकर्षण बढ्दो छ। घरदैलो अभियानका क्रममा स्थानीयले विकासमा स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र स्थायित्वको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन।

नेकपा एमालेले अघि सारेको राष्ट्रिय नीति, सुशासन र समृद्धिको एजेन्डालाई स्थानीय आवश्यकतासँग जोडेर प्रस्तुत गरिरहेका पाण्डेको अभियानले पर्सा–३ को चुनावलाई थप रोचक बनाएको छ। बढ्दो जनसमर्थन र सक्रिय चुनावी उपस्थितिले एमाले पक्षधरहरू पर्सा–३ मा जितप्रति आशावादी देखिएका छन।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3