पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरुकै बलिदानीले नेपाल आजसम्म स्वतन्त्र र सार्वभौम मुलक रहन सफल भएको बताएका छन् ।
शहिद दिवसको अवसरमा नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा ज्यानको आहूती दिएका दिएका सम्पूर्ण शदिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वमन्त्री यादवले आफ्नो फेसबुक पेजमा लेखेका छन् ,‘ देश,लोकतन्त्र र जनअधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु ।’
पर्सा–१ का निवर्तमान सांसदसमेत रहेका यादवले शहिदहरुको सपना साकार पार्नु सबै नेपालीको सझा दायित्व रहेकोपनि बताएका छन् ।
शहिदहरुले दिएको कुर्बानीकै कारण आज हरेक नेपाली जनताले आँफुलाई सार्वभौम नागरिकका रुपमा गर्व गर्न पाइरहेको भन्दै उनले भनेका छन्,‘ राणा शासन, पञ्चायती शासन ,पहिलो जनआन्दोलन , दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र हालै भएको जेनजी आन्दोलनमा शहादत दिएका सबै शहिदहरुको बलिदानी र योगदानलाई आज शहिद दिवसका दिन म नमन् गर्छु । शहिदले देखाएको मार्गमा सदैव हिड्न सकुँ ।’

प्रतिक्रिया