वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
मूर्लीस्थित मुर्ली पोखरि पसिरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख तथा जसपाका केन्द्रिय सदस्य नेक महमद अन्सारी ,जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु ,मुस्तकीम हवारीलगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई पर्सा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार प्रदीप यादव, एमालेका केन्द्रिइ सदस्य तथा वीरगन्ज महानगरका पूर्वमेयर विजय सरावगी लगायतकाले अबीरटीका लगाउँदै गम्हाल परिर्याएर पार्टीमा स्वागत गरे ।
सो अवसरमा एमाले उम्मेदवार यादवले देश विकास, सुशासन र समृद्ध नेपालको साझा लक्ष्यलाई आत्मसात गर्दै एमालेमा प्रवेश गरेकाहरुको पार्टीले उच्च मुल्यांकन गर्ने बताए ।
यसले एमालेको अभियानलाई अझ बलियो बनाएको भन्दै यादवले सामूहिक प्रयास, एकता र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अघि बढ्न हौसला मिलेको बताए ।
उक्त कार्यक्रममा प्रर्वप्रदेश सभा सदस्य जन्नत अन्सारी, नेताहरु इश्वरचन्द्र यादव, लियाकत अली, मानदेव हजरा लगायतकाकोपनि सहभागिता थियो ।

प्रतिक्रिया