विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

चुनाव सार्ने वा रोक्ने हल्ला निराधार छ, तोकिएकै मितिमा चुनाव निष्पक्ष र भयरहित वातावरणमा हुन्छ: प्रधानमन्त्री कार्की

580


प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको १०० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै वित्तीय अनुशासन, सुशासन र निर्वाचन तयारीमा ठोस प्रगति भएको दाबी गरेकी छन् ।

गत भदौ २७ गते सरकार गठन भएको १०० दिन पुगेको उपलक्ष्यमा प्रधानमन्त्री कार्कीले फजुल खर्च कटौती, सुरक्षा व्यवस्था सुदृढीकरण र विकास आयोजनामा बजेट केन्द्रित गरेको बताइन ।

“पदमा रहँदा र अवकाशपछि पनि लिइएका अनधिकृत सुविधा कटौती गरी जनताको कर बचत गरिएको छ । मापदण्ड विपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनसेवामा परिचालित गरिएका छन् । अनावश्यक ३८ कार्यालय खारेज र ३२३ दरबन्दी कटौतीबाट राज्यको व्ययभार घटाइएको छ,” सम्बोधनमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “एक खर्ब १९ अर्ब बराबरको बजेट पुनःप्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको छ । थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ । ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएका छन् । काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको छ । ”जेन-जी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आन्दोलनले सडकमा फरक कम्पन ल्याए पनि यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन । “जीवन्त लोकतन्त्रले सङ्कटको निकास हिंसाबाट होइन, संवाद र मतबाट खोज्छ,” उनले भनिन् ।

भदौ २३–२४ को दुःखद घटनापछि देश शान्तिको बाटोमा फर्किएको उल्लेख गर्दै उनले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा र घाइतेको उपचार तथा जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको बताइन । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरी काम थालिएको पनि उनले जानकारी दिएकी छन् ।

सुरक्षा र निर्वाचन तयारीबारे जानकारी गराउँदै प्रधानमन्त्री कार्कीले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको बताइन । “आन्दोलनमा लुटिएका १,३४२ थानमध्ये अधिकांश हतियार बरामद भइसकेका छन्, थप ३२ थान नियन्त्रणमा लिइएको छ । क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइ सुरक्षा अभेद्य बनाइएको छ,” उनले भनिन् ।

निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार दिइएको उनले बताइन । हाल १ करोड ८१ लाखभन्दा बढी मतदाता रहेको र ११४ राजनीतिक दल सहभागी हुने भएकाले लोकतन्त्रको जरा बलियो भएको प्रमाणित भएको उनको भनाइ थियो ।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे प्रधानमन्त्री कार्कीले निर्वाचन कार्यतालिका मात्र होइन, देशलाई स्थिरता दिने निर्विकल्प मार्ग रहेको बताउँदै भनिन्, “चुनाव सार्ने वा रोक्ने हल्ला निराधार छन् । सरकार तोकिएको समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चट्टानझैँ दृढ छ ।”

विशेष गरी जेन(जी युवालाई सम्बोधन गर्दै उनले युवाहरूलाई आफ्नो आक्रोश र सपना अब मतपत्रमा व्यक्त गर्न आग्रह गरिन् । “सडकले प्रश्न उठाउँछ, मतपत्रले समाधान दिन्छ । हरेक भोटको सुरक्षा राज्यले गर्छ,” उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारमुक्त समाज र सुशासनको चाहना पूरा गर्ने वैधानिक बाटो निर्वाचन नै भएको स्पष्ट पार्दै राष्ट्रिय एकता र धैर्यका लागि आह्वान गरिन् । उनले निर्वाचनलाई परिवर्तनको राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरी नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्याय सुरु गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,520,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,605,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,568,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,151,
ltr
item
ekrantikhabar: चुनाव सार्ने वा रोक्ने हल्ला निराधार छ, तोकिएकै मितिमा चुनाव निष्पक्ष र भयरहित वातावरणमा हुन्छ: प्रधानमन्त्री कार्की
चुनाव सार्ने वा रोक्ने हल्ला निराधार छ, तोकिएकै मितिमा चुनाव निष्पक्ष र भयरहित वातावरणमा हुन्छ: प्रधानमन्त्री कार्की
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzWgQhXtZGs6Mtgi3Y1wJhLqDM_ZMBdtKn99UH8vzazFZE5NJLbMb3T92brfvOQRVKbdDc9bK5XiSntqEyOyoYWkJreh_P9yVSZibcX6nky-D9kKAIr2b1KuYV0bN4qAS9yzx3i5C1IYNQh4LsFZAB1Q-uj_2VSDLVutRp-ujS0cz1HkeTqFUI-wXe71rI/s320/AA1MwVPF-1764775533.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzWgQhXtZGs6Mtgi3Y1wJhLqDM_ZMBdtKn99UH8vzazFZE5NJLbMb3T92brfvOQRVKbdDc9bK5XiSntqEyOyoYWkJreh_P9yVSZibcX6nky-D9kKAIr2b1KuYV0bN4qAS9yzx3i5C1IYNQh4LsFZAB1Q-uj_2VSDLVutRp-ujS0cz1HkeTqFUI-wXe71rI/s72-c/AA1MwVPF-1764775533.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_98.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_98.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content